back
NMB ad

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु   

Kumari bank ad

काठमाडौँ, २० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभएकोे छ । उहाँले भन्नुभयो, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।”

अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उहाँले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताउनुभयो । उहाँले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छाले आगामी १६औँ योजनामा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल भएको बताउनुभयो । “१६औँ योजनाबाट प्रत्यक्ष लाभ स्वास्थ्य संस्थाले नै लिने हो” उहाँले भन्नुभयो,“योजनामा स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे राम्ररी व्यवस्था गर्ने तयारी छ ।” मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रसूति अस्पतालले मातृ मृत्युदरलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिरहेको जनाउनुभयो । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विशिष्टीकृत सेवा विस्तारका लागि स्रोतसाधान तथा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग आग्रह गर्नुभयो ।

“अस्थायी शय्याको व्यवस्था गरेर जस्तोसुकै परिस्थितिमा पनि अन्यत्र रिफर नगरी उपचार सेवा उपलब्ध गराइहेका छौँ” उहाँले भन्नुभयो, “विशष्टिकृत सेवा विस्तार गर्न मन्त्रालयसँग आवश्यक सहयोगका लागि पहल गरिरहेका छौँ ।” विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन ।

त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा अधिकारीले जानकारी दिनुभयो । प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो । यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो । यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूित भएको थियो ।

‘आइभीएफ’ सेवा लिनेको सङ्ख्या ३८ जना र निःसन्तानसम्बन्धी बहिरङ्ग सेवा लिने आठ हजार तीन सय नौ रहेका छन् । यस्तै, दुई सय ५४ जना महिलाले आइयूआई. सेवा र २७ जना निःसन्तान सेवाग्राहीले आइभिएफ सेवा लिएका छन् । लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालबाट पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ र उपचारका सेवा विस्तार र किशोरीहरुलाई एचपीभी खोपको व्यवस्था गर्ने योजना बनाएको छ । सो अवसरमा अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआत समेत गरिएको थियो ।

वि.सं.२०८० भदौ २० बुधवार १४:४४ मा प्रकाशित

You can share this post!

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...