काठमाडौं । आज भदौ २२ गते शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० भदौ २२ शुक्रवार ११:०९ मा प्रकाशित