back
NMB ad

ललिता निवास प्रकरण : तुलाधरबाहेक सबै धरौटीमा थुनामुक्त, कसलाई कति ?    

Kumari bank ad

काठमाडौँ, २४ भदौ : जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ ।

त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको हो ।

साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार रहेको छ ।

वि.सं.२०८० भदौ २४ आइतवार १७:३६ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...