back
NMB ad

वाणिज्य नीति परिमार्जन गर्ने सरकारको तयारी   

Kumari bank ad

काठमाडौँ, २४ भदौ : सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ ।

वाणिज्य नीति मस्यौदाका सम्बन्धमा आज मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त कार्यक्रमलाई उद्योगमन्त्री रमेश रिजालले सम्बोधन गर्नुभएको थियो । आन्तरिक उत्पादनलाई बढावा दिएर मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नेपाली वस्तुको उत्पादन बढाउने र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी वाणिज्य नीति ल्याइने स्पष्ट पार्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आन्तरिक आपूर्ति तथा मूल्य शृङ्खला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीतिमा समसामयिक परिमार्जन आवश्यक रहेको मन्त्रालयको भनाइ छ । वाणिज्य नीतिमार्फत बजार विकास गर्ने, मूल्य शृङ्खलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागिएको हो ।

नेपालमा विगतमा तर्जुमा भएका वाणिज्य नीतिले आन्तरिक व्यापारभन्दा अन्तर्राष्ट्रिय व्यापार र सेवा निर्यातभन्दा वस्तु निर्यातलाई धेरै जोड दिएको भन्दै मन्त्रालयले नयाँ नीति अवलम्बन गर्न लागेको हो । सक्षम, कुशल र प्रभावकारी आन्तरिक आपूर्ति तथा मूल्य शृङ्खला निर्माण गर्दै क्षेत्रीय तथा विश्व मूल्य शृङ्खलामा व्यापारको माध्यमबाट लाभदायी सम्बन्ध स्थापित गर्नेमा नयाँ वाणिज्य नीतिले जोड दिने मन्त्रालयले जनाएको छ ।

बदलिँदो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश, कोभिड महामारी, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, संवैधानिक, नीतिगत तथा कानुनी प्रावधानमा भएका परिवर्तन समेतलाई ध्यान दिई विद्यमान वाणिज्य नीतिमा समयानुकूल परिमार्जन गर्दै नयाँ वाणिज्य नीति तर्जुमा गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

वि.सं.२०८० भदौ २५ सोमवार ०६:३० मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...