back
NMB ad

बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। त्यसका लागि १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ असोज ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

वि.सं.२०८० भदौ २५ सोमवार ११:२२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...