काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ४४.३० अंकले बढेर १९८६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार बढ्दा थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।
त्यसैगरी, मेन्छियाम हाइड्रोपावरको ९.९७ प्रतिशत, मोलुङ हाइड्रोपावरको ९.८७ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० भदौ २५ सोमवार १५:०५ मा प्रकाशित