back
NMB ad

छ दिन चल्ने नाडा अटो सो आजदेखि सुरु, ४५ ब्राण्डले प्रदर्शनी गर्दै

Kumari bank ad

काठमाडौं । ‘नाडा अटो शो २०२३’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा आज देखि सुरु हुँदैछ । यसपटकको अटो शोमा दुई दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुँदैछन् ।

अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गर्दैछन् । प्रदर्शनी हुने ब्राण्डमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि अटो शोमा रहने छ ।

नाडाले गर्न लागेको अटो शो २०२३ समग्रमा १५औं संस्करण हो । यसको मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ । साथै, सह–प्रायोजक शिखर इन्सुरेन्स कम्पनी छ ।

प्रदर्शनीमा ठूला तथा सानागरी करिव १२० वटा स्टलहरु रहने छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनी हुनेछ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

नाडा अटो शो अवलोकनको लागि सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीको लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । अवलोकन गर्नको लागि नाडाले टिकट खल्तीमार्फत काट्न मिल्ने व्यवस्था गरेको छ । एक्सपोको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेको छ भने व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेसले गरेको छ ।

वि.सं.२०८० भदौ २६ मंगलवार १३:२० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...