back
NMB ad

एभरेष्ट बैंक र ओम अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घाराद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट IPD-Diagnostics, Pharmacy / Physiotherapy मा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

वि.सं.२०८० भदौ २६ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...