back
NMB ad

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

सो कार्यमामा नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्नुहुँदै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताउनु भयो ।

नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

वि.सं.२०८० भदौ २६ मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...