काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो बढोत्तरी आएको छ । उक्त दिन बजार ३९.४८ अंकले बढेरर २००७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार बढ्दा बरुण हाइड्रोपावर र शुभम् पावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी, समता घरेलु लघुवित्तको ९.८६ प्रतिशत, अरुण काबेली पावरको ९.०३ प्रतिशत र अपी पावरको ८.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० भदौ २७ बुधवार १५:०६ मा प्रकाशित