काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो बढोत्तरी आएको छ । उक्त दिन बजार ३९.४८ अंकले बढेरर २००७ को विन्दुमा कायम हुन पुगेको हो ।
बुधबार सेयर बजारमा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०८० भदौ २७ बुधवार १५:१७ मा प्रकाशित