back
NMB ad

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ सय किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप   

Kumari bank ad

कास्की, २७ भदौ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।

विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ ।

“अन्य खोप जस्तै यस ‘एचपिभी’ खोप पनि सामान्य र सुरक्षित छ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि खोप अत्यन्त प्रभावकारी छ”, डा बास्तोलाले भन्नुभयो, “विदेशमा यो खोप पहिलदेखि नै वितरण गरिए पनि नेपालमा अहिलेदेखि सुरुआत गरिएको हो । अबदेखि नियमित सञ्चालन हुन्छ ।”

खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।

बाल रोग विशेषज्ञ डा बास्तोलाले अस्पतालमा खोप कार्यक्रमका क्रममा कुनै समस्या आएमा त्यसको व्यवस्थापनका लागिसमेत तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका बारेमा जानकारी दिनका लागि एकजना परामर्शदाताको व्यवस्था गरिएको छ ।

खोप लगाएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको डा बास्तोलाले बताउनुभयो । “खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाट जोगिनका लागि खोप लगाउन सबैले किशोरीलाई हौसला दिनुपर्छ”, उहाँले भन्नुभयो । डा बास्तोलाका अनुसार अस्पतालमा तोकिएको उमेर समूहका किशोरीलाई जन्मदर्ता प्रमाणपत्रका आधारमा खोप दिइएको छ ।

वि.सं.२०८० भदौ २७ बुधवार १५:३१ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...