काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा आज सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।
वि.सं.२०८० भदौ २७ बुधवार १६:४५ मा प्रकाशित