back
NMB ad

खातावालाहरुलाई ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात रही कारोवार नभएका खाताहरु बन्द गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

साथै, बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) जारी गर्न नपाईने व्यवस्था रहेको हुनाले यस बैंकमा स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरुलाई यो सूचना जारी भएको ७ दिन भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट/क्रेडिट) तथा खाता बन्द गर्न आग्रह समेत गरेको छ ।

सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

१० वर्षदेखि शून्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत बैंक आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहक महानुभावहरुले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

वि.सं.२०८० भदौ २७ बुधवार १७:२१ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...