काठमाडौं । सिटिजन्स क्यापिटलले वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनी असोज १९ गते ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८०का लागि चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) विरतण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ। साथै, सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
वि.सं.२०८० भदौ २८ बिहीवार ११:०७ मा प्रकाशित