back

लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?

Kumari bank ad

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।

बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ ।

वि.सं.२०८० भदौ २८ बिहीवार २०:३० मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...