back

सर्वसाधारणको लागि १० हजार कित्तासम्म भर्न पाईने आईपीओः आजैदेखि दिनुहोस् आवेदन

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज अर्थात भदौ २९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

यसमामा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो आईपीओ बन्द छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज ११ गतेसम्म हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० भदौ २९ शुक्रवार ०६:३५ मा प्रकाशित

You can share this post!

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...