back

यी ४ बाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको नगद र बोनस कति ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन चलिसकेको छ । योसँगै नेप्सेमा सूचिकृत विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते वार्षिक साधारण सभा समेत बोलाएको छ ।

एभरेष्ट बैंक
बैंकको भदौ २७ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सानिमा बैंक
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण हुनेछ।

एनआईसी एशिया बैंक
बैंकको भदौ २९ गते शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस संगै एनआईसी आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो वाणिज्य बैंक बनेको छ ।

वि.सं.२०८० भदौ २९ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...