back
NMB Ad

हाथवे इन्भेष्टमेन्टको आइपीओः कहिले हुँदैछ बाँडफाँड ? यस्तो छ तयारी

Royal Enfield Inside Page Banner

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ आगामी हप्ता मंगलबार वा बुधबार बाँडफाँड हुने जानकारी दिएको हो ।

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा १ लाख २१ हजार २८७ जनाले २०/२० कित्ता सेयर हात पार्नेछन् । सोहि मध्यका पाँच जनाले २१ कित्ता हात पार्नेछन् भने १२ लाख ३ हजार २३ जनाको हात खाली हुने देखिएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

वि.सं.२०८० भदौ २९ शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध   

मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:५८

पाटन (ललितपुर) : ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी...

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार   

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:४८

म्याग्दी : भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा  (सूचिसहित) 

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा  (सूचिसहित) 

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:४०

काठमाडौँ : पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र...

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु   

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:३४

धरान (सु्नसरी) : सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट...

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:२२

काठमाडौँ : निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ...

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:१९

सिरहा : औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान...