
काठमाडौं । सिटिजन बैंकले लाभांश गरेको छ।
बैंकको आज भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्तापुँजी १४ अर्व २० करोड ९ लाख ७४ हजार ६ रुपैंया रहेको छ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण हुनेछ।
वि.सं.२०८० भदौ ३१ आइतवार १०:३१ मा प्रकाशित