back

नेपाल एसबिआई मर्चेण्टको सिइओमा लेखनाथ पोख्रेल नियुक्त

काठमाडौं । नेपाल एसबिआई प्रमुख मर्चेण्टको कार्यकारी अधिकृत (सिइओ)मा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोख्रेललाई आजैदेखि लागू हुने गरी नियुक्त गरेका हो ।

यस अघि उहाँले नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुनुहुन्छ ।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस मर्चेण्ट विश्वस्त रहेको छ ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८० भदौ ३१ आइतवार २०:०९ मा प्रकाशित

You can share this post!

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...