back
NMB ad

दरबारमार्गमा नया रुपमा फर्कियो केएफसी

Kumari bank ad

काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्धेश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको छ ।

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपाल अधिराज्य भरी आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पूराउने निर्णय केएफसीले गरेको छ ।

केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरुलाई उनीहरुको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रिण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ ।

स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिनेछ । साथै ग्राहकहरुको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिटै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने छ ।

आउदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयामा डबल डाउन बर्गर ल्याएको छ । ग्राहकहरुलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्नका लागि उक्त लोकप्रिय प्रडक्ट सीमित समयका लागि मात्रै ल्याइने छ ।

वि.सं.२०८० भदौ ३१ आइतवार २०:२० मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...