काठमाडौं । सरकारले भोली असोज ३ गते सार्वजनिक बिदा दिएको छ । बुधबार संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । भोली सेयर बजार बन्द हुने भएको छ ।
त्यसकारण, भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।
वि.सं.२०८० असोज २ मंगलवार १७:५० मा प्रकाशित