
काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ।
यी दुई योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेका हुन्।
कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो भने कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ १८ गते बुकक्लोज गरेका थिए। यसर्थ भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
यी योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ।
वि.सं.२०८० असोज ४ बिहीवार ०६:५० मा प्रकाशित