back
NMB ad

सनराईज क्यापिटलको पुँजी बजार सम्बन्धी सारक्षरता अभियान संचालन

Kumari bank ad

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्सको सहकार्यमा, पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सराहनीय कदम चालेको छ ।

भदौ २४ गते देखि २७ गते सम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६), र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट सन्राईज क्यापिटल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको छ ।

उक्त कार्यक्रम भदौ २४ मा धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) र भदौ २५ मा ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो, जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका बिद्यार्थीहरू सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमहरुले बिद्यार्थी वर्गहरुलाई पूँजी बजारको शुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने यो कम्पनीको थम्याई रहेको छ ।

सनराइज क्यापिटलको पुँजी बजार लगानी सचेतना कार्यक्रम भदौ २६ मा प्रदेश ५ नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पसका गैर–व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका बिधार्थीहरूलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरेको थियो । उक्त कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञान बीचको अन्तरलाई न्युन गर्न फलदायी रहेको बुझिन्छ ।

साथै भदौ २७ मा कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिनु भयो । सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक श्रीमती सुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रह्यो ।

यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराईज् क्यापिटल लि. सदा अग्रसर रहेको सनराईज् क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख बिजय लाल श्रेष्ठले जनाउनु भयो । यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमका औपचारिक समापन गरिएको थियो ।

वि.सं.२०८० असोज ४ बिहीवार ११:५७ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...