काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले असोज २५ गते साधारण सभा बोलाएको छ ।
सभा हार्दिक होटल, बागबजार, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्न विशेष प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ ।
वि.सं.२०८० असोज ४ बिहीवार १२:०४ मा प्रकाशित