काठमाडौं । आज असोज ५ गते शुक्रबार सुनको भाउ घटेको छ। उक्त दिन सुन तोलामा ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० असोज ५ शुक्रवार १०:४२ मा प्रकाशित