back
NMB ad

आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गर्न शाखा प्रमुखहरूलाई अध्यक्ष सिलवालको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणबाट यही २०८० साल असोज ४ गते बिहिबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानून, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरुपमा पालना गर्नुपर्छ, कानून, नियम, निर्देशिका विपरित कार्य गरेमा अबको कारवाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला ।”
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्नुहुँदै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तूर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको सिस्टम निर्माणको क्रममा रहेको जानकारी दिनुहुँदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन दिनुभयो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गर्नुभएको कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नाराण बाबु लोहनी, नेको इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०८० असोज ५ शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...