back
NMB ad

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन   

Kumari bank ad

काभ्रेपलाञ्चोक, ५ असोज : काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

विद्यालय अनिश्चितकालीन बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेपलाञ्चोकका स्थानीय जनप्रतिनिधिले उक्त निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएको हो ।

“विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेका हौँ”, लामाले भन्नुभयो ।

विज्ञप्तिमा काभ्रेपलाञ्चोकका १३ मध्ये दश स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्नुभएको छ । तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले कानुनअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...