मुगु, ६ असोज : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका मन्दिर देखि उत्तरतिरको बजार क्षेमा शुक्रबार मध्यरातीदेखि सुरु भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन ।
उक्त क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पुर्ण रुपमा जलिसकेको र आसपासमा रहेका अन्यघरहरु पनि आगलागीको जोखिममा रहेको तथा आगो नियन्त्रणका लागी नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,नेपाली सेना ,नगर प्रहरी र स्थानियहरुले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
वि.सं.२०८० असोज ६ शनिवार ०७:११ मा प्रकाशित