काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ । बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भोली असोज ८ गते बुक क्लोज गर्ने भएको छ । जस अन्र्तगत आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।
वि.सं.२०८० असोज ७ आइतवार ०७:१४ मा प्रकाशित