काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार १९.४२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार घट्दा एशियन हाइड्रोपावर, स्वरोजगार लघुवित्त र हिमालयन लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १०र१० प्रतिशतले बढेको हो । त्यसैगरी, थ्री स्टार हाइड्रोपावरको ९.७३ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको ४.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० असोज ७ आइतवार १५:०५ मा प्रकाशित