back
NMB ad

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल   

Kumari bank ad

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभएको छ ।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो ।’’ उहाँले समाजमा रहेको सामाजिक अराजकता, मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्र्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको सङ्कल्पबाट राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट गर्नुभयो ।

एमालेको प्रथम अधिवेशनको ब्यानर अङ्कित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरु सहभागी हुनुन्छ ।

वि.सं.२०८० असोज ८ सोमवार १५:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...