back
NMB ad

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

Kumari bank ad

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताउनुभएको छ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो भरमग्दुर प्रयास छ, चिनीमा ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल सल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई बोलपत्र गरेर छिटो ल्याउनूस्, त्यसमा ५० प्रतिशत भन्सार छुट दिन्छ भनेको छु । पत्र पनि दिइसकेको अवस्था छ । मलाई लाग्छ दसैँ अगावै मूल्य नियन्त्रण गर्न हामी सक्षम हुन्छौँ ।”

मन्त्री रिजालले मूल्य नियन्त्रणका लागि इन्डियाको वाणिज्यमन्त्रीसँग पनि धान, चामल र चिनीको विषयमा मैले कुरा गरेको र राजदूतसँग पनि चारपाँच पटक भेटेर कुरा गरेको बैठकलाई जानकारी गराउनुभयो । उहाँले अनुगमनको काम चलिरहेको बताउँदै पाँच–दश करोडको बदमासी गरे पनि तीन लाखसम्म मात्रै जरिमाना गर्न पाउने व्यवस्था रहेको र धेरै बदमासी गर्नेलाई धेरै जरिमाना गर्न कानुनी अड्चन रहेको बताउनुभयो ।

मन्त्री रिजालले अर्बौं रुपैयाँ सरकारी लगानी गरेर केही वर्ष अघिसम्म फाइदामा चलेकाहरू अहिले घाटामा रहेको बताउनुभयो । “सरकारले कतिसम्म लगानी गर्ने ? त्यहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने, कुनै अनुशासनका कुरा छैनन्, ट्रेड युनियन र व्यवस्थापन मिल्ने, विना काम कार्यालय सहयागीले ‘ओटी’समेत गरेर ५०–६० हजार तलब खान्छ”, मन्त्री रिजाले भन्नुभयो । सरकारी लगानीमा चलेका उद्योगहरुलाई प्राइभेट पब्लिक पार्टनरशिपको अवधारणामा लैजाने सरकारको योजना रहेको मन्त्री रिजालले बताउनुभयो ।

वि.सं.२०८० असोज ८ सोमवार १८:१० मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...