back
NMB Ad

तनहुँका १३ व्यावसायिक फार्मका लागि चार करोड अनुदान   

Royal Enfield Inside Page Banner

दमौली, १२ असोज : तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो ।

आयोजनामार्फत १३ व्यावसायिक फार्मले  रु चार करोड ५२ लाख चार हजार पाँच सय १६ अनुदान पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालन व्यवसाय गरिरहेका कृषकलाई त्यसतर्फ आकर्षित गराउन साझेदारी कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको केन्द्रका नायब पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।

तेह्र व्यावसायिक फार्ममा कृषकले रु चार करोड ५६ लाख ५५ हजार पाँच सय ४५ लगानी गरेको सो केन्द्रले जनाएको छ । अनुदान र निजीसमेत गरी १३ व्यावसायिक फार्ममा रु नौ करोड आठ लाख ६० हजार ६१ लगानी भएको थियो ।

शुक्लागण्डकी नगरपालिका–३ स्थित डायमण्ड अर्गानिक कृषि फार्मलाई रु २४ लाख चार हजार चार सय २२, शुक्लागण्डकी नगरपालिका–६ स्थित जनजागृती कृषि फार्मलाई रु २० लाख १३ हजार तीन सय १२, भिमाद नगरपालिका–९ स्थित दाजुभाई एकीकृत कृषि फार्मलाई रु २४ लाख ९९ हजार नौ सय ९७, व्यास नगरपालिका–२ स्थित गङ्गादेवी बाख्रा फार्मलाई रु २० लाख ४९ हजार नौ सय ९७, व्यास नगरपालिका–६ स्थित अंशुमा बाख्रा फार्मलाई रु २२ लाख ७२ हजार छ सय ८८, बन्दीपुर गाउँपालिका–५ स्थित कुमालटारी कृषि तथा पशु फार्मलाई रु २७ लाख ५२ हजार नौ सय सात, भानु नगरपालिका–३ स्थित कार्की कृषि फार्मलाई रु ११ लाख ७१ हजार दुई सय ५३, भिमाद नगरपालिका–१ स्थित डुम्रीबेसी पशु फार्मलाई रु ३६ लाख अनुदान वितरण गरिएको थियो ।

त्यस्तै व्यास नगरपालिका–१३ स्थित सापकोटा गाई फार्मलाई रु १९ लाख ४९ हजार, शुक्लागण्डकी नगरपालिका–१० स्थित वैशाखेघाट लाइभस्टक प्रालिलाई रु ७५ लाख ३३ हजार ६७, शुक्लागण्डकी नगरपालिका–३ स्थित एलेस कृषि तथा पशु फार्मलाई रु २९ लाख ६२ हजार दुई सय ५०, शुक्लागण्डकी नगरपालिका–११ स्थित आरबिएम कृषि फार्मलाई रु ९४ लाख ९६ हजार छ सय चार र व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फर्मलाई रु ४५ लाख अनुदान वितरण गरिएको थियो ।

त्यस्तै जिल्लाका सात सहकारीलाई परियोजनामार्फत् रु दुई करोड ८३ लाख एक हजार नौ सय ४४ अनुदान वितरण गरिएको थियो । ती सहकारीमा रु आठ करोड ८८ लाख ८४ हजार नौ सय १३ लगानी गरिएको थियोे ।

व्यास नगरपालिकास्थित तनहुँ जिल्ला दुग्ध उत्पादक सङ्घलाई दाना उद्योगका लागि अनुदान दिइएको थियो । त्यस्तै, चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध उत्पादनका लागि, आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरी बाख्रापालन समूहलाई मासु उत्पादनका लागि, मस्र्याङ्दी बहुउद्धेश्यीय सामुदायिक सहकारी संस्थालाई मासु उत्पादनका लागि, म्याग्दे गाउँपालिकास्थित उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थालाई मासु उत्पादनका लागि, शुक्लागण्डकी नगरपालिकास्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थालाई दुग्ध प्रशोधनका लागि र भिमाद नगरपालिकास्थित सूर्योदय कृषि समूहलाई मासु उत्पादनका लागि अनुदान दिइएको थियो ।

वि.सं.२०८० असोज १२ शुक्रवार १३:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ २७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १३:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आइसिसि...

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

वि.सं.२०८१ माघ २७ आइतवार १३:३१

ढोरपाटन (बागलुङ) : जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट...

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

स्वाभिमान लघुवित्तको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ माघ २७ आइतवार १२:४६

काठमाडौं । स्वाभिमान लघुवित्तको कम्पनी सचिवमा कृष्णराज चौधरी पुनः नियुक्त...

प्रधानमन्त्रीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

प्रधानमन्त्रीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने   

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने   

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि...