काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३३.२० अंकले घटेर १९७१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजार सयपत्रि हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, पिपुल्स हाइड्रोपावरको ६.०७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ६.०५ प्रतिशत, बाराही होइड्रोपावर पब्लिकको ५.९ ५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० असोज १४ आइतवार १५:०८ मा प्रकाशित