back

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

Kumari bank ad

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ ।

सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिताबाट बजेट कार्यान्वनमा सहज भई पूँजीगत खर्च वृद्धिमा सहयोग पुग्नाका साथै आयोजना समयमै सम्पन्न भई विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोही उद्देश्य प्राप्तिका लागि सार्वजनिक खरिद एकीकृत सुधार कार्यक्रम सञ्चालन गर्न लागेको कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो ।

सुधार एकीकृत कार्यक्रममा विद्युतीय खरिद प्रणालीको स्तरीकरण, खरिद प्रक्रियालाई बजेट, भुक्तानी प्रणाली र लेखा परीक्षण प्रणालीसँग आबद्धता बढाउने तथा क्षमता वृद्धिका सघन कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । ती सबै कार्यका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली अवलम्बन गर्ने र सो परीक्षणले गरेका दिशानिर्देशनका आधारमा सुधारका कार्यक्रम अगाडि बढाइनेछ । हाल सबै सार्वजनिक निकाय र सार्वजनिक निकायको अनुदान तथा ऋणबाट सञ्चालन हुने जुनसुकै निकायको खरिदमा सार्वजनिक खरिद ऐन नियमावली र रु बीस लाखभन्दा माथिको खरिदमा विद्युतीय खरिद प्रणालीबाट खरिद गर्नुपर्ने अनिवार्यता छ ।

त्यसका लागि विद्युतीय खरिद प्रणालीमा सबै मोड्युल राख्ने र यसलाई प्रयोगकर्ता मैत्री बनाइने छ । विद्युतीय खरिद प्रणालीमा अठारवटा ‘मोडेल’ थप गरिने भएको छ । यसका अतिरिक्त एक सय ५० वटा नमूना बोलपत्र कागजातको निर्माण र राष्ट्रिय तहमा प्रयोग हुने नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने छ । खरिद विधि र विद्युतीय खरिद प्रणालीका विभिन्न चरणको सहज जानकारीका लागि भिडियो क्लिप र प्रयोगकर्ता निर्देशिका पनि बनाइने छ ।

सबै सार्वजनिक निकायको खरिद एकाइमा रहने पदाधिकारीको योग्यता निर्धारण गरिने र खरिदविज्ञ प्रमाणीकरणको कार्यलाई अगाडि बढाउने साेंच कार्यालयले राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा आपूर्तिकर्ताको खरिद प्रतिस्पर्धी क्षमता नबढाएसम्म सार्वजनिक खर्चमा प्रभावकारिता नआउने भएकाले विभिन्न निकायको सहकार्यमा खरिद तथा खरिद सम्झौता व्यवस्थापन शिविर सञ्चालन गरिएको छ ।

प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा सबै प्रदेश तथा स्थानीय तहको खरिद क्षमता अभिवृद्धि गरिने सचिव डा रेग्मीले बताउनुभयो ।

सार्वजनिक खरिद ऐनलाई सङ्घीय संरचनाअनुरुप सामयिक बनाउने तथा सहजै उपलब्ध हुने वस्तु, सेवा वा निर्माणका लागि खरिद गर्न लाग्ने दिन घटाउने तर ठूला आयोजनामा डिजाइन र निर्माण लगायतका कामका लागि प्रस्ताव पेस गर्ने समय बढाउनुपर्ने भएकाले सो अनुरुप खरिद कानुनमा व्यवस्था गरिने छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको आवश्यकताबमोजिम सरलरुपको सार्वजनिक खरिद कार्यविधि निर्माण गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । विकास साझेदारसँगको सहकार्य र सहयोगलाई पनि एकीकृत सुधार कार्यक्रमसँग आवद्धता र समन्वय हुने गरी अगाडि बनाइने भएको छ ।

वि.सं.२०८० असोज १५ सोमवार १८:०१ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...