back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने   

Royal Enfield Inside Page Banner

काठमाडौं, १५ असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ ।

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरु विधेयकमा समाविष्ट गराउने प्रक्रियामा लाग्न आग्रह गर्नुभयो ।

उहाँले सरोकारवालाबाट सुझाव लिई सांसदहरुले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँका अनुसार उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफाबार छलफलका लागि समितिमा पठाइनेछ । शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उहाँले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताउनुभयो ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रस्तुत विधेयकमा शिक्षक र कर्मचारीका विषय बढी समावेश गरिएको तर शिक्षाको अबको गन्तव्य कस्तो हुने भन्ने स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच यही असोज ५ गते भएको सहमतिलाई विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

शिक्षाविद् डा वासुदेव काफ्लेले विधेयक बारेको छलफल गर्दा आफ्ना स्वार्थका आधारमा नभई शिक्षाको आम स्वार्थका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद् डा बालचन्द्र लुइँटेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख शिक्षाको लक्ष्य विधेयकमा समावेश नभएको जिकिर गर्नुभयो ।

शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षासेवीलाई सम्मान र शिक्षा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो ।

वि.सं.२०८० असोज १५ सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवद्र्धनमा सहयोग पुग्ने

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ...

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३८

बागमती : हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:३५

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ...

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:१८

 वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन   

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:११

कास्की : पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन...

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण  

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण  

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०७:५२

चन्द्रपुर (रौतहट) : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश...