back

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

Kumari bank ad

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म वासिङ्टन डिसीस्थित नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना ग¥यो ।

बिश्वका १ सय ८० भन्दा बढी देशकाबाट उक्त कार्यक्रममा सहभागी हुन बिभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति, चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुन, भारतका पूर्व राष्ट्रपति रामनाथ कोविद,उपराष्ट्रपति बेंकैया नायडु, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्व सभामुख न्यान्सी पेलोसी, लगायत नेपालबाट आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वर कुमार सिंह, अर्वपति व्यापारी तथा सांसद बिनोद चौधरी, राजेश प्रधान तथा बिश्वका बिभिन्न बिधामा ख्याती कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आर्ट अफ लिभिङले आयोजना गरेको विश्व संस्कृति महोत्सवलाई सम्बोधन गर्दै रविशंकरले समाजमा सद्भाव र असल काम गर्ने चाहना धेरै रहेको बताउनुभयो । उहांले चुनौतीलाई व्यवहारिक रूपमा स्वीकार गरौँ र राम्रो भविष्यको सपना देख्नु पर्ने बताउनुभयो ।

उहांले आगामी पुस्ताले पनि एक परिवारमा खुशी नहुने व्यक्तिले सिंगो परिवारलाई दुखी बनाउन सक्छ र यस्ता कैयौं परिवारले सिंगो राष्ट्रलाई दुखी बनाउने बताउदै भन्नुभयो– यस अवसरमा थप खुशी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुशी बाढौं । संसारभरी छरिएर रहेका हामी एउटै परिवारका हौं भन्दै आर्ट अफ लिभिङका संस्थापक रवि शंकरले द्वन्द्वका लागि जीवन निकै छोटो भएको र विश्वलाई व्यावहारिक रूपमा बिभिन्न चुनौतीको सामना गर्न र राम्रो भविष्यको सपना देख्न आह्वान गर्नुभयो ।

विश्व संस्कृति महोत्सवको उद्देश्य सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु रहेको बताउदै उहांले समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुने पनि उहांले बताउनुभयो ।

झण्डै विश्वका १सय ८० देशबाट १ लाख भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रम सो ठाउंमा बिरलै हुने गरेको पाइएको छ । उक्त महोत्सवलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भन्नुभयो– जलवायु परिवर्तन र आर्थिक प्रगति जस्ता ठूला विश्वव्यापी चुनौतिहाई एक्लोपनले प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्ने भएकाले र विश्वलाई एकसाथ अघि ल्याउन यो कार्यक्रम अझ महत्वपूर्ण रहेको बताउनुभयो ।

उक्त महोत्सवमा विश्वका १ सय ८० देशका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट २ सय जना कलाकारले आ–आफ्नो प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले स्वागत गर्दै यस्ता खालको संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्ने बताउनुभयो ।

वि.सं.२०८० असोज १५ सोमवार २०:०१ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...