काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १७.५६ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ५ करोड ३० लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त रिलायबल लाइफको ३ करोड ७२ लाख ६२ हजार रुपैयाँ, शिभम् सिमेन्टको ३ करोड ६८ लाख २१ हजार रुपैयाँ र सन लाइफ इन्स्योरेन्सको ३ करोड १७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज १६ मंगलवार १५:१० मा प्रकाशित