काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १७.५६ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको हो ।
मंगलबार सेयर बजारमा १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा राताम्मै भएको छ।
सेयर बजारमा गिरावट आउँदा सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.५४ प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ७.०८ प्रतिशत, सिवाइसी लघुवित्तको ६.४२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० असोज १६ मंगलवार १५:१७ मा प्रकाशित