back
NMB ad

गुरु ट्राभल्स र सिटिजन्स बैंकबीच व्यवसायिक सहकार्य सहमति

Kumari bank ad

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रुपमा क्रियाशील वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हेड ब्रान्चका प्रमुख (मुख्य शाखा प्रबन्धक) सुरज कुमार न्यौपाने तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम सिटिजन्स बैंक इन्टरनेशनलका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००.०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरुले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु.५००.०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरु प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य शाखाका प्रमुख  सुरज कुमार न्यौपानेले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । गुरु ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत वहाँले व्यक्त गर्नुभयो ।

वि.सं.२०८० असोज १६ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०९:५४

काठमाडौँ, १६ जेठ : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...