back
NMB ad

किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र   

Kumari bank ad

काठमाडौँ, १७ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट वाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

“जनआवाज सुन्नका लागी कैलालीको टीकापुर पुग्दा त्यहाँका कृषकको आवाजले कृषि क्षेत्र सरकारको नजरभन्दा बाहिर भएको महशुस भयो”, मन्त्री भुषाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यहाँका बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि हो । सो क्षेत्रलाई धान र फेरा खेतीको पकेट क्षेत्रका रूपमा लिइन्छ । आम जनताले न मल बेलामा पाउछन्, न त बिउ राम्रो पाउँछन्, न कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिन्छ ।”

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्याक सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने माग गरिएको चौधरीले बताउनुभयो ।

उहाँका अनुसार कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँचका लागि बीमा कम्पनी, बैंक, वित्तीय संस्थासँग साझेदारीमा सुलभ कर्जा कार्यक्रम सञ्चालन, केरा खेतीमा देखिएको रोगको नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

“नेपाली माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्न छिमेकी मुलुकबाट आयत हुने सम्पूर्ण माछामा अन्त शुल्क भ्याटको अनिवार्यता गर्न, मुडग्री माछाको विक्री वितरणमा रोक लगाउन र माछाको ओसार पसारलाई व्यवस्थित गर्न माग गर्दछौँ”, चौधरीले भन्नुभयो ।

वि.सं.२०८० असोज १७ बुधवार १६:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...