काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुबाट मर्जर र एफपीओमा कर असूल्नुपर्ने कारण मागेको छ ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमाको पूर्ण इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुबाट मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्नुपर्ने कारण मागेको छ ।
१६ वाणिज्य बैंकले सरकारले भूतप्रभावी कानुन बनाइ कर लगाउन खोजेको भन्दै रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद्लाई विपक्षी बनाई सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सोही रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो।
वि.सं.२०८० असोज १७ बुधवार १७:४३ मा प्रकाशित