काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ११.०४ अंकले घटेर १९५६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ४ करोड ४३ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबील बैंकको ३ करोड १८ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त सोल्टी होटलको ३ करोड ९ लाख ४१ हजार रुपैयाँ, सन लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख ३० हजार रुपैयाँ र हिमालयन उर्जा विकास कम्पनीको ३ करोड २ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज १८ बिहीवार १५:१२ मा प्रकाशित