back
NMB ad

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ऐतिहासिक समझदारी

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।

समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।

समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरुको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताउनुभयो । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको भन्नुहुँदै उहाँले मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको बताउनुभयो । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्नुहुँदै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको बताउनुभयो । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरुसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको बताउनुभयो ।

परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड यूनियन कांग्रेसका अधयक्ष योगेन्द्र कुमार कुँवर, महासचिव अजय कुमार राई, नेपाल ट्रेड यूनियन महासंघका महासचिव लक्ष्मण शर्मा, महिला नेत्री सिता लामा, अखिल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष धन बहादुर वि.क.लगायतले यो समझदारीको स्वागत गर्दै कार्ययोजना तयार गरी द्धिपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह गर्नुभयो ।

वि.सं.२०८० असोज १९ शुक्रवार १९:०९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...