back
NMB ad

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरुको सामूहिक बीमा   

Kumari bank ad

मनहरी (मकवानपुर), २१ असोज : सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । बीमा ऐन २०४९ को दफा ८ को उपदफा (घ) २ अनुसार र बीमा समितिले बनाएको दुर्घटना बीमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गरेका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिव्यक्ति रु सात लाखसम्मको सामूहिक दुर्घटना बीमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिएको सापकोटाले बताउनुभयो । पहिलो चरणको यो बीमा कार्यक्रम बीमा लागू भएको मितिले तीन सय ६५ दिन कायम रहने उहाँले बताउनुभयो । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन सक्ने उहाँले बताउनुभयो ।
क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरू सुरक्षित भएर तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको सिर्जना गर्नका लागि बीमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास रहेको छ । “पत्रकारले सुरक्षित महसुस गर्न सके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ”, सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।

वि.सं.२०८० असोज २१ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...