back
NMB ad

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख कित्ता बढी सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १२४ रुपैंया ४२ पैसा देखि अधिकतम ३७३ रुपैंया २६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमएएनडियु’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) १६ लाख ३६ हजार ३७० कित्ता र संस्थापकहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ३४ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ९५ रुपैंया ९ पैसा देखि अधिकतम २८५ रुपैंया २७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एचएटिएचवाई’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, र कर्मचारी समेत) २९ लाख २५ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ४ लाख ७५ हजार गरेर कुल २ करोड ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

वि.सं.२०८० असोज २३ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...