काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म नेप्सेमा सूचिकृत दुई वटा लघुवित्त कम्पनीले मात्र शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
जसमा युनिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
युनिक लघुवित्त
युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको आधारमा ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यी दुई वटै कम्पनीको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।
वि.सं.२०८० असोज २६ शुक्रवार १६:४४ मा प्रकाशित