back
NMB Ad

हुन्डाई कोना -पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत  भन्दा बढी ब्याट्री हेल्थ                     

Nepal Bank

काठमाडौं । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ।नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको SUV मा संभवतः पहिलो गाडी हुन्डाई कोना हो। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन्।

२०१९ मा भारतबाट सुरु गरिएको “इमिशन इम्पोसिबल” नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी  ७०० किलोमीटर को यात्रा १७००० फीटको उचाई र -१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो।

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो।नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा  उपलब्ध छ।  आफ्नो  आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ। ५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। डिसेम्बर १२ देखि १६, २०२२ मा “Be(v) the change” अभियान अन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको “हुन्डाई  फेस्टिभ कार्निवल”मा  हुन्डाईले High Voltage Battery Check-up camp आयोजना गरेको थियो जसमा २०० भन्दा बढी सवारीधनी को  EV ma परीक्षण गरिएको नतिजा अनुसार ४ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो। सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट  विमल श्रेष्ठले आफूले कोना रोज्नुको  मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए। आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको बताए।आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए।

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रति को सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीयगाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि- सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ ।

विश्वसनीयताप्रतिको प्रतिबध्दता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ। यिनैकारणहरुले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ।

वि.सं.२०८० असोज २८ आइतवार १७:३९ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...